महेन्द्रनगर ३० बैशाख ।
कञ्चनपुरको वेदकोट नगरपालिका–२ मा सिलाई–कटाई तालिम सुरु भएको छ । वडा कार्यालयको आयोजनामा तालिम सुरु गरिएको वडाध्यक्ष नरेश सिंहले जानकारी दिए । उनले वडावासि महिलालाई सिपमुलक तालिम दिएर आत्म निर्भर बनाउन तालिम दिईएको हो ।
‘ सिलाई–कटाई व्यवसायमा महिलाको आर्कषण बढ्दैँ गएको छ, वडा कार्यालयको पहलमा ३० जनालाई सिलाई–कटाई तालिम दिईरहेका छौ’ वडाध्यक्ष सिंहले भने । सोमबारबाट सुरु भएको तालिम असार मसान्तसम्म चल्ने छ ।
साथै वडाले विभिन्न सिप मुलक तथा आय आर्जनका कार्यक्रम सञ्चालन गदैँ आईरहेको छ । गत हप्ता मात्रै वडा कार्यालयले ब्युटी पार्लर तालिम सुरु गरेको छ ।
सुदूरपपिश्चम प्रदेशका प्रदेश सभा सदस्य लाल बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको तालिम उद्धघाटन कार्यक्रम वडाध्यक्ष सिंहको अध्यक्षतामा सम्पन्न भएको छ ।
उद्धघाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य खड्काले सिप सिकेर व्यवसाय गर्न सहभागिलाई सुझाव दिए । उनले प्रदेश सरकारले पनि महिलालाई आत्म निर्भर बनाउन विभिन्न सिप मुलक कार्यालय सञ्चालन गर्ने योजनामा रहेको बताए ।
त्यस्तै वेदकोट नगरपालिकाकी उप प्रमुख सुशिल सिंहले तालिमले महिलालाई आत्म निर्भर बनाउन सहयोग पुग्ने बताईन् ।