बैशाख १८ पन्चेश्वर बैतडीको
पन्चेश्वर गाउपालिकाले गाउपालिका का ६ वटै वार्डहरु लगायत गाउपालिका भरीका ८ वटा मा.बि तहका बिधालयहरुमा Wi-Fi जडान गरेको छ।
तल्लो स्वराडको बिकट र दुर्गम क्षेत्र मा पर्ने पन्चेश्वर गाउपालिका मा अहिले सम्म ईन्टरनेट को पहुच नभएपछी त्यस भेगका जनताहरुलाई प्रबिधी संग जोड्नको लागी र आफनो कुनै पनी कामकाजलाई सहज र सजिलै संग गर्न सकुन भन्दै गाउपालिकाले बिभीन्न संग सस्थाहरुमा Wi-Fi सेवा सुचारु गरेको गाउपालिका अध्यक्ष गोरख ब.चन्दले जानकारी दिनुभयो.
अहिले सम्म पन्चेश्वर गाउपालिका मा ईन्टरनेट को पहुच नभएपछी त्यस गाउपालिका का बिभिन्न संग सस्थाका कर्मचारीहरु ले भारतीय सिमकार्ड को प्रयोग गर्दै सेवाग्राहीहरुलाई सेवा दिरहेका छन।अब कुनै समय मा पनि आफनो कामकाजलाई सहज र सजिलै संग गर्न सकुन भन्दै वाई- फाई सेवा सुचारु गरेका छौ अध्यक्ष चन्दले भन्नु भयो।
शिक्षालाई अनलाईन प्रबिधी संग जोड्नका साथै शिक्षाको गुणस्तर बढाउनका लागी गाउपालिका भित्र पर्ने ८ वटा मा.बि तहका बिधालयहरुमा वाई-फाई जडान गरिनुका साथै गाउपालिका ले आफनो ६ वटै वार्डहरुमा वाई.फाई जडान गरेको छ।
