पुरुषहरु अविवाहित महिला देखेपछि मरिहत्ते गर्छन भन्ने धेरैलाई लाग्न सक्छ। तर, होइन कतिपय पुरुषहरु अविवाहित भन्दा विवाहित महिलासंग बढी आकर्षित हुने गर्दछन। किन ? धेरैको जवाफ हुन् सक्छ यौनका लागि । तर, यौनकै लागि मात्रै पुरुषहरु विवाहित महिलासंग आकर्षित हुने भने होइन। यसका पछाडि बिबिध कारणहरु छन्। हालै गरिएको एउटा सर्वेक्षणले यसका बिबिध पक्ष औल्याएको छ।
यौन सम्बन्ध
यौन, हरेक समाजका लागि गौण बिषय हो। अझ पूर्वीय समाजमा त यौनको कुरा गर्नु अनैतिक र अस्वभाविक नै मानिन्छ। कानुन अनुसार पनि यौनको कुरा गर्नु यौन हिँसा अन्तर्गत पर्छ त्यसकारण दुवैको मन मिले पनि यौन प्रस्ताव राख्न त्यति सजिलो र सहज छैन। अझ अविवाहितलाई यस्तो प्रस्ताव राख्न त ठूलै हिम्मत गर्नुपर्छ। तर, यौन सम्बन्धको प्रस्ताव राख्न अविवाहित भन्दा विवाहितलाई केही हदसम्म सजिलो हुन्छ । तसर्थ पनि पुरुषहरु विवाहित महिलातर्फ आकर्षित हुने गरेको पाइन्छ।
आत्मविश्वास

विवाह गरेका महिला विवाह नगरेका युवतीको तुलनामा अधिक आत्मविश्वासी हुन्छन् । उनीहरुको यही आत्मविश्वासका कारण अविवाहित युवा उनीहरुप्रति आकर्षित हुन्छन् । पुरुषहरुलाई विवाहित महिलाले हरेक समस्यालाई राम्रोसँग बुझ्न सक्छन् भन्ने लाग्छ ।
विवाहपछिको चमक

विवाहपछि महिलाको हर्मोनमा परिवर्तन आउँछ । यसका कारण उनीहरुको छालामा चमक आउँछ । महिलामा आएको यस्तो परिवर्तनले पुरुषलाई आकर्षित गर्छ ।
स्वभाव
विवाह गरेकी युवतीले घर र घर बाहिरको सबै व्यवहारलाई सही ढंगमा व्यवस्थापन गर्न सक्छिन् । यसका साथसाथै उनले आफ्ना पीडाहरुलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् ।
हेरचाह
विवाह गरेका महिलाले विवाह नगरेकाको तुनलामा पार्टनरको धेरै हेरचाह गर्छन् । विवाह पछि उनीहरुलाई सधै आफ्नो घर परिवारको चिन्ता हुने गर्छ । युवालाई युवतीको यस्तो हेरचाह विशेष मन पर्छ । त्यसकारण पनि उनीहरु विवाहित महिलातर्फ आकर्षित हुन्छन्।
