कैलालीको धनगढीमा जारी सूदुरपश्चिम महोत्सवमा दर्शकलाई हेलिकप्टरबाट धनगढी घुमाउने कार्यप्रति भारतले निगरानि वढाएको छ । नेपाली आकाशमा उडिरहेको हेलिकप्टरद्वारा जासुसी हुन सक्ने भन्दै भारतीय सुरक्षा निकाय हाई एलर्ट रहेको भारतीय हिन्दुस्तान पत्रिकाले छापेको छ। त्यसका साथै भारतले अन्तराष्ट्रिय कानुन र मर्यादाको प्रश्न समेत उठाएको छ। भारतले सिमा क्षेत्रभन्दा ५ कि.मी. दुरीसम्मको आकाशमा वायुयान उडाउन नागरीक उड्डयनका महानिर्देशकबाट अनुमति लिनुपर्ने समेत उल्लेख गरेको छ।
महोत्सवमा नीजी विमान उडान गर्नपनी नागरिक उड्डयन बिभागले सहमति नदिइ सञ्चालनमा आउनै नसक्ने कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताउनुभयो। धनगढीमा जारी महोत्सवमा अवलोकनकर्ताको आकर्षण बढाउन प्रयोग हेलिकप्टर प्रयोग गरीएको कैलाली उद्योग वाढीज्य संघका अध्यक्ष पुष्पराज कुवरले वताउनुभयो । यता भारतीय एसएसवीको ३९ औँ वाहीनीका कमाण्डर मुन्ना सिंहले नेपाली हेलिकप्टरलाई निगरानीमा राख्न आफ्नो जिम्मेवारी रहेको वताएका छन्।