सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली र कञ्चनपुरमा गएराती आएको हावाहुरीले झण्डै १५ सय घर टहरामा क्षती पुगाएको प्रारम्भीक विवरण प्राप्त भएको छ भने दर्जनौ परिवार विस्थापीत भएका छन्। दुवै जिल्लामा नीजि, सार्वजनिक, विद्यालय र प्रहरी चौकीका भवन समेत गरेर झण्डै एक हजार पाँच सय घरमा आशिंक तथा पूर्ण क्षती पुगेको बताईएको छ। प्राप्त विवरण अनुसार कैलालीमा झण्डै १३ सय र कञ्चनपुरमा दुई सय बढि घरमा क्षती पुगेको हो।

कैलालीमा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका लगायत जिल्लाका अन्य स्थानीय तहमा समेत गरेर करिब १३ सय घर टहरा भत्कीएका छन्। ती घर टहरा भत्कीएपछि दर्जनौ परिवार विस्थापीतभएको बताइएको छ तर विवरण संकलन गर्ने काम चलिरहेकाले संख्या बढन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नीरिक्षक पकाश डाँगीले जनाए।

Sana Kishan

हावाहुरीबाट सबंैभन्दा बढि जिल्लाको धनगढी उपमहानगरपालिका प्रभावित भएको प्रहरीले जनाएको छ।उता कञ्चनपुरमा हावाहुरीबाट एक सय ८५ नीजि घर र १४ वटा प्रहरी चौकी र अस्थायी प्रहरी चौकीका भवनमा क्षती पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कतिपय घरका छाना मात्र उडाएको छ भने कतिपय घर पूर्ण रुपले क्षती ग्रस्त भएका छन्। सबैभन्दा बढि जिल्लाको भीमदत्त र वेदकोट नगरपालिकामा क्षती पुगेको कञ्चनपुरका प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर विष्टले जानकारी दिए।

World Link Ads
Mahakali Polytechnic

यता, जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको विपद व्यवस्थापन समितिको बैठकले क्षतीको विवरण संकलनको जिम्मेवारी स्थानीय स्तरमा वडाअध्यक्षको संयोजकत्वमा गठित समितिलाई दिएको छ। उक्त समितिले विवरण संकलन गरेपछि मात्र क्षती भएका घर टहराको विवरण आउने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जानकारी दिए। उक्त विवरण आएपछि आवश्यकताका आधारमा राहात वितरण गरिने प्रजिअ बोहोराले जनाए। त्यसका लागि राहात वितरणमा एकद्धारा प्रणाली लागु गर्दै सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको संयोजकत्वमा उप–समिति गठन गरिएको छ। तर हावाहुरीबाट आशिंक वा पूर्ण रुपले विस्थापीत भएकाहरुले प्रशासनिक निकाय र जनपतिनिधीले राहात वितरणमा ढिलाई गरेपछि समस्या भएको गुनासो गरेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.