सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीका स्थानीय तहमा गाडी किन्नमै ११ करोड स्वाहा !!

६ जेठ, डोटी । जिल्लाका नौ स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरिदमा झण्डै ११ करोड खर्च गरेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि विसं २०७४ साउनदेखि विसं २०७५ चैतसम्मको अवधिमा १० करोड ९३ लाख ८६ हजार ८२९ गाडी खरिदमा खर्च गरेका छन् ।

गाडी खरिदमा सबैभन्दा धेरै खर्च पूर्वीचौकी गाउँपालिकाले गरेको पाइएको छ । नगरपालिकाभन्दा यहाँका गाउँपालिकाले गाडी खरिद बढी गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहसँग एक्साभेटर र डोजर छन् । कतिपय किन्ने तयारीमा छन् । तर, डोजर प्रयोगको नीति नियम पालना भएको छैन ।

पूर्वीचौकीले हालसम्म दुई करोड ६७ लाख ५५ हजार ६५२ विभिन्न सवारी साधन खरिदमा खर्च गरेको छ । दश मोटरसाइकल खरिदमा २४ लाख ९७ हजार २०० खर्च भएको छ ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तै ३७ लाख २० हजारमा पिकअप जीप, एक करोड २३ लाख ६२ हजार ४५० एक्साभेटर खरिद गरिएको छ । यसैगरी ८१ लाख ७६ हजारमा दुईवटा बस पनि सो गाउँपालिकाले किनेको छ ।

शिखर नगरपालिकाले एक करोड ५४ लाख २९ हजार ३०० खर्च गरेर विभिन्न गाडी किनेको पाइएको छ । दुई नगर बसमा ५६ लाख ६० हजार, टिपरमा ३८ लाख ६९ हजार, जीपमा ३६ लाख ९५ हजार, आठ मोटरसाइकल खरिदमा २० लाख २६ हजार ४०० र एउटा स्कुटरमा एक लाख ७८ हजार ९०० खर्च गरेको देखिएको छ ।

दिपायल सिलगढी नगरपालिकाले एक करोड छ लाख ८७ हजार ४८९ मा गाडी खरिद गरेको छ । उक्त नगरपालिकाले ३४ लाख आठ हजार ६५० मा १५ मोटरसाइकल खरिद गरेको पाइएको छ । त्यस्तै दुई नगर बसमा ५१ लाख ९० हजार, एउटा ट्याक्टरमा १६ लाख ३८ हजार ८८४ र सक्सनम ट्याङ्कमा चार लाख ५० हजार खर्च गरेको छ ।

Sana Kishan

बडीकेदार गाउँपालिकाले विभिन्न गाडी खरिदमा एक करोड ८१ लाख ७९ हजार १०० खर्च गरेको छ । सो गाउँपालिकामा एक करोड २० लाखमा एउटा सडक खन्ने एक्साभेटर, ३८ लाख ७० हजारमा एउटा पिकअप जीप र २३ लाख नौ हजार १०० मा नौ मोटरसाइकल खरिद गरिएको छ ।

त्यस्तै सायल गाउँपालिकाले गाडी खरिदमा एक करोड ५६ लाख १६ हजार २०० खर्च गरेको पाइएको छ । सो गाउँपालिकाले सात लाख ४६ हजार २०० मा तीन वटा मोटरसाइकल खरिद गरेको छ । यस्तै महिन्द्रा बोलेरो जीपमा २३ लाख ८५ हजार र एक्साभेटरमा एक करोड २४ लाख ८५ हजार खर्च गरेको देखिएको छ ।

केआई सिंह गाउँपालिकाले सबैभन्दा धेरै १७ वटा मोटरसाइकल खरिद गरेको छ । मोटरसाइकल खरिदमा ३२ लाख ६९ हजार ११५ खर्च भएको छ । यस्तै मिनी टिपरमा २० लाख १३ हजार २७४ र जेसिबी खरिदमा ४० लाख ९९ हजार ९९९ गरी कूल ९३ लाख ८२ हजार ३८८ खर्च भएको छ ।

बोगटान गाउँपालिकाले ७६ लाख १३ हजार ८०० गाडी खरिदमा खर्च गरेको छ । उक्त गाउँपालिकाले चार मोटरसाइकल खरिदमा नौ लाख ७८ हजार ८०० खर्च गरेको छ । यस्तै डोजर खरिदमा ४२ लाख ५० हजार र महिन्द्रा बोलेरो जीप खरिदमा २३ लाख ८५ हजार खर्च भएको देखिएको छ ।

जोरायल गाउँपालिकाको गाडी खरिदमा अन्यको स्थानीय तहभन्दा तुलनात्मक रुपमा खर्च कम भएको देखिएको छ । उक्त गाउँपालिकाले ५८ लाख ३८ हजार ९९९ गाडी खरिदमा खर्च गरेको देखिन्छ । जोरायलले १० वटा मोटरसाइकल खरिदमा २२ लाख आठ हजार ९९९ खर्च गरेको छ । यसैगरी एउटा महिन्द्रा पिकअप जीपमा ३६ लाख ३० हजार खर्च गरेको छ ।

आदर्श गाउँपालिकाले ५७ लाख २२ हजार ९०० का गाडी खरिद गरेको छ । चौध मोटरसाइकल खरिदमा ३३ लाख ३७ हजार ९०० र एउटा महिन्द्रा बोलेरो जीप खरिदमा २३ लाख ८५ हजार खर्च देखाइएको छ ।

स्थानीय तहले खरिद गरेका दुई पाङ्ग्रे सवारी साधनको मूल्यमा एक रुपता देखिएको छैन । एउटै कम्पनीको एउटै मोडलका र एउटै क्षमताका मोटरसाइकल पनि फरक–फरक दरमा खरिद गरिएको पाइएको छ ।
साभारः अनलाईन खबरबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.