सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कलिला दुई छोरासहित दम्पति त्रिशुलीमा हाम फाले

धादिङ- धादिङको बेनिघाट रोराङ गाउँपालिका(३ स्थित बादरेमोड छेउबाट २ महिने शिशुसहित एकै परिवारका ४ जनाले त्रीशुली नदीमा हाम्फालेका छन्। काठमाडौं चद्रागिरी घर भएका बिनय लामिछाने र जमुना रेग्मी लामिछानेले २ र २२ महिनाका छोराहरु साथैमा लिएर बिहिबार साँझ ७ बजेतिर त्रीशुली नदिमा हेलिएका हुन् ।

Sana Kishan

घटनापछि श्रीमती जमुनाको मत्यु भएको छ भने दुवै छोराहरु बेपत्ता छन् ! श्रीमान बिनयलाई भने स्थानीयले जिवितै उद्दार गरेका थिए । बेपत्ता बालकको शुक्रबार बिहानैबाट खोजी भइरहेको छ।

त्रीशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । जिवितै उद्दार गरिएका बिनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन भने घटनाको अनुसन्धान भैरहेको गजुरी प्रहरीले बताएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.