सुदूरपश्चिमको पर्यटन विकासका लागी कला–संस्कृती महत्वपुर्णः राज्यमन्त्री रावल

मदन गिरी
धनगढी २४ सााउन ।
सुदूरपश्चिम प्रदेश उद्योग वन पर्यटन तथा वातारण राज्यमन्त्री प्रकास रावलले पर्यटनको विकासका लागि कला संस्कृती महत्वपुर्ण भएको बताएको छन् ।

कञ्चनपुरको बेलौरी नगरपालिकामा आयोजित २५ औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री रावलले यस्तो बताएका हुन् । उनले विविध जातजाति र समुदायको बसोवार रहेकाले कला संस्कृतीमा सुदूरपश्चिम धनि भएको उल्लेख गरे ।

साथै राज्यमन्त्री रावलले आदिवासी जनजाती सामुदायमा मौलिक संस्कृतीको संरक्षण अति आवश्यक रहेको बताए । ‘कला संस्कती हाम्रो पहिचान हो, यसले नै हाम्रो वास्तविक मौलिकता झल्काउँछ ’ राज्यमन्त्री रावलले भने ‘सुदूरपश्चिम कला संस्कृतीमा धनी छ, यसलाई आर्थिक विकासका लागि पर्यटनसँग जोड्नु पर्छ, पर्यटन विकासले मात्रै आर्थिक समृद्धी सम्भव छ’ उनले भने । विश्व आदिवासी दिवस कार्यक्रमका प्रमखु अतिथी समेत रहेका राज्यमन्त्री रावलले कला संंस्कृतीि संरक्षण तथा संवद्धनका लागि प्रदेश सरकारले विशेष निति कार्याक्रम बनाएको बताए ।

राना थारु सामुदायका खानेकुराका परिकार मौलिक संस्कतीको रक्षाका लागि होम स्टे प्रवद्र्धन कार्याक्रम यस आर्थिक वर्षबाट मन्त्रालयले सुरु गरेको बताए । जातीय हक अधिकार संविधान तहः संरक्षीत गरिएको उल्लेख गर्दैँ त्यसका लागि आदिवासी जनजाती महासंघले महत्वपुर्ण भुमीका खेलेको बताए ।

बैलौरी–कलुवारपुर सडकखण्ड यसै वर्ष कालोपत्रे गरिने

त्यस्तै सोही कार्यक्रममा बोल्दै राज्यमन्त्री रावलले बैलौरी–कलुवारपुर सडकखण्ड चालु आर्थिक वर्षमा कालोपत्रे गरिने बताए । उनले यस क्षेत्रका जनताले लामो समयदेखि बैलौरी–कलुवारपुर सडकखण्ड कालोपत्रे माग गदैँ आएको उख्लेख गर्दै प्रदेश सरकारले यसै वर्ष स्थानीयको माग सम्बोधन गर्ने उनको भनाई छ ।
त्यस्तै केन्द्र सरकारको माहतत रहेको हुलाकी सडकलाई समयमै निर्माणका लागि पहल गर्ने उनले बताए ।

समग्र प्रदेश सरकारको कृर्षी क्षेत्रका विकासका लागी विभिन्न पकेट कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला आदिवासी समन्वय समितीकी अध्यक्ष रामवती रानाको अध्यक्षमा भएको कार्याक्रममा संविधान सभा सदस्य कृपा राना, बेलौरी नगरपालिका नगर प्रमुख पोतिलाल चौधरी, उप प्रमुख चित्रा चौधरी लगायत आदिवासी समुदायका अगुवा, राजनितिक दलका प्रतिनिधि लगायत विभिन्न आदिवासी जनजाती समुदायको सहभागीता रहेको थियो ।

सम्वन्धित समाचार
Comments
Loading...