शिवलिङ्गगेश्वर धाम सरसफाईमा सांसद देखी मन्त्री सम्म

कञ्चनपुरको बेदकोट नगरपालिकाले शनिवार पर्यटकियक्षेत्र शिवलिङ्गगेश्वर धाममा बृहत सरसफाई कार्यक्रम गरेको छ ।
नेपाल भ्रमण वर्षलाई लक्षित गरेर नगरपालिकाले बृहत सरसफाईको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महिला तथा सामाजीक समिति सभापती निरु देवी पालले सरसफाई आफुबाटै सुरुवात गनुपर्ने बताईन । उनले सुदूरपश्चिम प्रदेशमा पर्यटनको ठुलो सम्भावना रहेको बताउदै स्थानीय,प्रदेश र संघिय सरकारले पर्यटकिय क्षेत्रको पूर्वाधार विकासमा जोड दिने बताईन ।

त्यस्तै कार्यक्रममा सहभागीहरुले पर्यटन प्रवद्धनमा जोड दिनुपर्ने धारणा राखेका थिए । बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले नेपाल भ्रमण वर्षको पूर्व तयारीमा पर्यटकिय क्षेत्रमा सरसफाई कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा महिला तथा सामाजीक समिति सभापती निरु देवी पाल,संघिय सांसद नर वहादुर धामी,प्रतिनिधी सभा सदस्य बिना बुढाथोकी,सुदूरपश्चिम प्रदेशका वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावल,प्रदेश सभा सदस्य लाल वहादुर खड्का,नगर प्रमुख÷उप–प्रमुख क्लिन काष्ठमण्डपका अभियन्ता केपि खनाल गायक टंक तिमिल्सीना,नेपाल आईडल सिजन २ का विजेता रवि ओडको सहभागीता रहेको थियो ।

सम्वन्धित समाचार
Comments
Loading...