महेन्द्रनगरमा सडक अतिक्रमण हटाईदैँ(फोटो फिचरसहित)

महेन्द्रनगर ३ कार्तिक ।

भीमदत्त नगरपालिका–४ र ६ स्थित बसपार्क छेउको पूर्वपश्चिम राजमार्ग सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरिएको छ । सडक चौडा र नाला निर्माणका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरले आइतबारदेखि सडक अतिक्रमण गरेर बनेका संरचना हटाउन शुरु गरेको हो।

सडक मिचेर बनेका खोकाछाप्रा, जथाभावी रुपमा राखिएका निर्माण समाग्री हटाउन थालिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बलमे बताए । उनले सकडको केन्द्र भागबाट २५⁄२५ मिटर दायाँबायाँ सडकमा निर्माण गरिएका संरचना हटाउन थालिएको छ ।

त्यस्तै जिल्ला ट्राफ्रीक कार्यालय महेन्द्रनगरका प्रमुख प्रकास केसीले व्यवस्थीत बजारका लागि सडक अतिक्रमण हटाईएको बताए । सडक अतिक्रमणबाट दुग्र्घनाको जोखिम बढेको भन्दैँ सडक अतिक्रमण हटाईन लागेको बताए ।

भीमदत्त नगरपालिकाका ६ का वडाध्य हर्क सिंह धामीले नेपाल भ्रमण वर्षलाई लक्षीत गरि सडक अतिक्रमण हटाईन लागेको बताए ।

उनले नेपालको पश्चिमी नाकाबाट विदेशी पर्यटक भित्रिने भएकोले व्यवस्थीत सडक बनाउ सडक अतिक्रमण हटाउन लागिएको हो । सडक डिविजन कार्यालय महेन्द्रनगरले जेसिबि प्रयोग गरि सडक अतिक्रमण हटाईरहेको छ ।

सम्वन्धित समाचार
Comments
Loading...