मझगाँउ विमानस्थलमा सजिलै विमान उडाउन सकिन्छ: प्रारम्भीक अध्ययन टोली

विमानस्थल सञ्चालनका लागि ऐक्यवता

महेन्द्रनगर २ कार्तिक ।

कञ्चनपुरको मझगाँउ विमानस्थललाई तत्काल सञ्चालन गर्न सकिने प्रारम्भीक सम्भाव्यता अध्ययन टोलीले जनाएको छ ।

विमानस्थल सञ्चालनको सम्भाव्यता अध्ययनका लागि महेन्द्रनगर आएको प्रारम्भीक टोलीले मझगाँउमा विमानस्थलमा जहाज उडान सकिने जनाएको हो ।

विमानस्थलको स्थलगत अनुगमनसँगै प्रारम्भीक अध्ययनबाट वर्तमान अवस्थामा ५० सिट क्षमताको जहाज सञ्चालनका लागि कुनै समस्या नरहेको उनको भनाई छ ।

शनिबार महेन्द्रनगरमा पत्रकारसँगको अन्र्तक्रिया कार्यक्रममा प्रारम्भीक अध्ययन टोली एंव्म ईन्जिनियर संयोजक गुरुकुल अधिकारीले मझगाँउ विमानस्थलमा ५० सिट क्षमताको विमान सजिलै सञ्चालन गर्न सकिने बताए ।
उनले विमानस्थलको स्थलगत अनुगमनसँगै प्रारम्भीक अध्ययनबाट वर्तमान अवस्थामा ५० सिट क्षमताको जहाज सञ्चालनका लागि कुनै समस्या नरहेको उनको भनाई छ ।

‘मझगाँउ विमानस्थल सञ्चालनका लागि मुख्यतयाः रनर्वे र भारतीय सिमा क्षेत्रको समस्याको कुरा गरिएका थियो’ टोलीका संयोजक एंव्म तथा ईन्जिनियर अधिकारी भने ‘५० सिट क्षमताको जहाज सञ्चालनका लागि कुनै किसिमको समस्या छैन्, थोरै महेनत गरे ७२ सिट क्षमताको विमान पनि सजिलै उडान सकिन्छ’ उनले भने ।

५० सिट क्षेत्रको जहाजका लागि १२ सय मिटर लम्बाई रनवे पर्याप्त हुने र २/३ सय मिटर रनवेको लम्बाई बढाउन सके ७२ सिट क्षमताको जहाज सञ्चालन गर्न सकिने उनको भनाई छ ।

साथै मझगाँउ विमानस्थलबाट भारतीय सिमाको नजिकको बिन्दु तीन किलो मिटर रहेको बताउँदै ‘भारतीय सिमा क्षेत्र विमानस्थल टाढा छ, त्यसले कुनै फरक पार्दैन्’ उनले भने ।

विश्वका विभिन्न विमानस्थलको उहारण दिदैँ पाईलट उप्रेतीदले भने ‘मझगाँउ विमानस्थल ५० सिट क्षमताको विमान उडान कुनै समस्या छैन्, रनवेलाई अलि बढाउने हो भने ७२ सिट क्षमताको विमान उडान सकिने सम्भावना छ’ उनले भने ।

त्यस्तै सुदूरपश्चिमका अनुभवी पाईलट वेदप्रकाश उप्रेतीले पनि मझगाँउ विमानस्थलमा सजिलै सञ्चालन गर्न सकिने बताए । मझगाँउ विमानस्थल सञ्चालनका लागि उत्तर–दक्षिण रनवेले फरक नपार्ने उनले बताए ।

विश्वका विभिन्न विमानस्थलको उहारण दिदैँ पाईलट उप्रेतीदले भने ‘मझगाँउ विमानस्थल ५० सिट क्षमताको विमान उडान कुनै समस्या छैन्, रनवेलाई अलि बढाउने हो भने ७२ सिट क्षमताको विमान उडान सकिने सम्भावना छ’ उनले भने ।

साथै ५० सिट क्षमताको विमान सञ्चालनका लागि निजि क्षेत्रका आर्कर्षीत नहुने भन्दैँ ७२ सिट क्षमताको विमान सञ्चालन गर्नुपर्ने उनले सुझाव छ । साथै मझगाँउ विमानस्थललाई स्थानीय निकायको पहलमा पब्लीक–प्राईभेट सझेदारीमा पनि सञ्चालन गर्न सकिने उनको भनाई छ ।

प्रारम्भीक टोलिको अध्ययन प्रतिवेदनका आधारमा मझगाँउ विमानस्थल सञ्चाल गर्न सकिने या नसकिने कुराको निर्धारण हुने ईन्जिनियर अधिकारीको भनाई छ । अध्ययन टोलीलाई चार महिनाभित्रमा प्रतिवेदन बुझाउन मन्त्रालयले निर्देशन दिएको छ ।

चाँडै नै विमानस्थल सञ्चालन हुने विश्वास व्यत्त गर्दै संघिय संसद् भट्टले ‘विमानस्थल सञ्चालनका लागि सबै पक्रिया अगाडी बढी सकेको छ, चाँडै नै आवश्यक बजेट विनियोजनसँगै पुर्वाधार निर्माण गरी मझगाँउ विमानस्थलमा विमान उड्छ’

साथै प्रारम्भीक अध्ययनबाट विमानस्थल सञ्चालन गर्न सकिने देखिएका पुनः मन्त्रालयले विस्तृत अध्ययन तथा आवश्यक पुर्वाधारबारे अध्ययनका लागि अर्को टोली खटाउने छ ।

रियलपात ईन्जिनियरिङ्ग कन्सलटेन्सीले गरिरहेको विमानस्थलका सञ्चालनको प्रारम्भीक सम्भाव्यता अध्ययन टोलीमा ईन्जिनियर स्मरण भट्ट, सन्देश पौडेल, अविषेक बर्मा र सव–ओभरसियर सविन पोखरेल रहेका छन् ।

विमानस्थल सञ्चालनका लागि ऐक्यवता

त्यस्तै मझगाँउ विमानस्थल सञ्चालनका लागि कञ्चनपुुरका जनप्रतिनिधिले प्रतिवद्धता जनाएका छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित संघिय संसद डा. दिपक प्रकास भट्टले विमानस्थल सञ्चालनका लागि हर–सम्भव प्रयासरत रहेको बताए । उनले मझगाँउ विमानस्थल सबैको साझा आवश्यकता भएकाले प्राथमीकतामा परेको बताए ।

चाँडै नै विमानस्थल सञ्चालन हुने विश्वास व्यत्त गर्दै संघिय संसद् भट्टले ‘विमानस्थल सञ्चालनका लागि सबै पक्रिया अगाडी बढी सकेको छ, चाँडै नै आवश्यक बजेट विनियोजनसँगै पुर्वाधार निर्माण गरी मझगाँउ विमानस्थलमा विमान उड्छ’ उनले भने ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन, तथा वातावरण राज्यमन्त्री प्रकास रावलले पनि विमानस्थल सञ्चालनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

उनले विमान स्थलका लागि चाुल आर्थिक वर्षमा ५० लाख रुपयाँ बजेट विनियोजन भईसकेको उल्लेख ‘मझगाँउ विमानस्थललाई घरेलु विमानस्थलका लागि महत्वपुर्ण सम्भावना बोकेको छ, यसले सुदूरपश्चिमको पर्यटन र आर्थिक विकासमा महत्वपुर्ण भुमीका खेल्छ’ उनले भने ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनारले पनि विमानस्थल सञ्चालनका लागि प्रतिवद्ध रहेको बताए । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विमानस्थल सञ्चालनका लागि स्थानीय तहले लिनु पर्ने जिम्मेवारीका लागि तयार रहेको बताए ।

त्यस्तै नेकपा केन्द्रीय सदस्य राजेन्द्र रावलले पनि मझगाँउमा यसअघि नै विमान उडिसकेकोले अब तत्काल विमानस्थल सञ्चालनको पक्रियामा अगाडी बढ्नु पर्ने बताए ।

सम्वन्धित समाचार
Comments
Loading...