बधाई ! अन्तिम ओभरमा करणले १७ रन बनाएपछि नेदरल्याण्डबिरुद्ध नेपालको चमत्कारी जित

काठमाडौं । पाँच देश सम्मिलित टी-२० क्रिकेट शृङ्खलाकाे आफ्नाे दाेस्राे खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हराएकाे छ। नेदरल्याण्ड्सले दिएकाे १३३ रनकाे लक्ष्य नेपालले १ बल बाँकी छँदै भेट्टाएकाे हाे । शेन स्नाटरको बलमा निरन्तर बाउन्ड्री प्रहार गरेका केसीले नेपाललाई जिताएका हुन् । योसँगै ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा नेपालले जितेको हो ।
नेपाली टिमका लागि कप्तान पारस खड्काले ४१ बलबाट सर्वाधिक ३३ रनको योगदान गरे । यसैगरी विनोद भण्डारीले २२ बलबाट २६ रन बनाए । करन केसीले १४ बलमा बिस्फोटक ब्याटिङ गर्दै १४ बलमा ३१ रन जोडे ।

यसअघि सुरुवाती विष्फोटक ब्याटिङ गरेको नेदरल्यान्डले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनायो । नेदरल्यान्डका लागि म्याक्स ओडडले सर्वाधिक ४३ रन जोडे। उनले ४४ बल खेल्दै ४ चौकाको मद्दतमा ४३ रन जोडेका हुन्। त्यस्तै कोलिन एकरम्यानले २९ रन बनाए।
नेपालका लागि करन केसीले ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेट, सन्दिप लामिछानेले चार ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट तथा ललित नारायण राजवंशीले एक विकेट लिए ।

ओमानमा हुने प्रतियोगितामा नेपालको खेल तालिका
असोज २२ गते नेपाल भर्सेस आयरल्यान्ड
असोज २३ गते नेपाल भर्सेस ओमान


टिम नेपाल : पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल मल्ल, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, अविनाष बोहरा, ललितनारायण राजवंशी, सुशान भारी र इशान पाण्डे ।

सम्वन्धित समाचार
Comments
Loading...