फुटबलको तेस्रो दिनको खेलमा एमबीसन, खैरीघाट र एसडीजे बिजयी

बेलडाँडी,

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा बेलडाँडी फुटबल महोत्सवको तेस्रो दिनको खेलमा एमबीसन, खैरीघाट र एसडीजे बिजयी भएका छन् ।

दशैँ, तिहार एव छठको अवसर पारेर बेलडाँडीमा फुटबल महोत्सव–०७६ शुरु भएको हो । आईतबारदेखि रौलेश्वर माध्यामिक विद्यालयको प्राङ्गणमा शुरु भएको फुटबल महोत्सवको तेस्रो दिनको पहिलो खेलमा एमबीसन बैवाह र शिवनगर विच भएको खेलमा एम्बीसन १ का विरुद्ध ४ गोलले बिजय भएको छ ।

दोस्रो खेल खैरीघाट ब्वाइज र अलस्टार युवा क्लब विच भएको खेलमा खैरिघाट ब्वाइज २ का विरुद्ध ३ गोलले विजय भएको छ भने आजको अन्तिम खेल एसडिजे झिलमिला र हिमसागर युवा क्लव विच भएको खेलमा एसडिजेले ० का विरुद्ध १ गोलले बिजय भएको छ ।

यस्तै भोलीको पहिलो खेल विहान ८ बजे बेलडाँडी एकता र जेएमएफ बिच पहिलो खेल हुने खेल संयोजक सचिन कठायतले जानकारी गराउनु भयो ।

संयोजक कठायतका अनुसार स्थानीय खेलाडीको क्षमता अभिबृद्धी गर्न खेलकुदको विकासका लागि आयोजना गरिएको बताए । उहाँका अनुसार विजेतालाई २५ हजार, उप विजेतालाई १५ हजार सहित ट्रफि प्रमाण पत्र वितरण गरिने बताए । प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ ।

पहिलो पटक यसरी स्थानीय खेलाडीलाई मात्र प्राथामिकता दिए पछि खेलप्रेमीहरुमा हौसला बढेको संयोजक कठायतले बताए । विगत लामो समयदेखि बेलडाँडीमा दशैँको घटस्थापनादेखि हरेक बर्ष फुटबल प्रतियोगिता हुँदै आएको छ ।

सम्वन्धित समाचार
Comments
Loading...