प्रभावकारी बन्दैँ ‘लायन्स कपडा बैंक’, १ हजार थान लुगा वितरण

लुगा दान गर्न बैंकको आग्रह

असोज १४

कञ्चनपुरको महेन्द्रनगरमा स्थापना गरिएको कपडा बैंक प्रभावकारी बन्दैँ गएको छ ।

कञ्चनपुरका छ वटा लायन्स क्लब तथा लियो क्लबले संयुत्त रुपमा कपडा बैंक स्थापना गरेको कपडा बैंकको सेवा प्रभावकारी बनेको हो ।

गत अशोज १४ गते भीमदत्त नगरपालिका–४ महेन्द्रनगर भतपुरमा कपडा बैंक सञ्ंचालनमा आएको कपडा बैंक प्रभावकारी बनेको लायन्स जिल्ला परिषद् ३२५ बी २ का सल्लाहकार डा.भोजराज पन्तले बताए ।

उनका अनुसार कपडा बैंकमा राखिएका करिब एक हजार थान लुगा वितरण भईसकेको छ । बैँकमा करिब एक सय थान लुगा बाँकी छन् ।

विभिन्न दाताबाट संकलन गरिएको लुगा निःशुल्क रुपमा कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुले आफै छानेर लग्ने गरेको उनको भनाई छ ।

हालसम्म कपडा बैंकमा २६ जनाले एक हजार ४६ थान लुगा र १२ जोड जुत्ता दान गरेका छन् । लुगा दान गर्नेमा डा. भोजराज पन्त, श्यामदत्त भट्ट, कैलाश चन्द्र भट्ट, अशोक विक्रम जैरु, डा. एनएस शर्मा, सिमा जोशी, पार्वती जोशी, लक्ष्मी प्रशाद पन्त, गणेश प्रशाद बोहरा, माधव भट्ट, निशा भट्ट, सुशान्त भट्ट, जानकी बोहरा, शंकरदत्त भट्ट, पवन कुमार सरबागी, कैलाश चन्द, डा. मोहन प्रशाद पन्त, लोक विष्ट, संञ्जिव भण्डारी, नविन न्यौपाने, भानदेव भट्ट, र दिपेन्द्र नाथ लगायतका रहेका छन् ।

त्यस्तै सल्लाहकार पन्तले घर प्रयोगमा नभएका लगाउन मिल्ने सफा लुगा बैंकलाई दान गर्न समेत आग्रह गरे ।

सम्वन्धित समाचार
Comments
Loading...