पञ्चेश्वर गाउँपालिकाको फेक फेसबुक आईडी चलाउने विरुद्ध कारवाहीको माग


नरेश तिवारी
असोज १८ ।

बैतडीको पञ्चेश्वर गाँउपालिका विरुद्ध सामाजिक सञ्जालमा लेख्नेलाई कारवाहिको माग गरिएको छ ।

सामाजिक सञ्चालमा फेक आईडी बनाएर गाँउपालिका विरुद्ध गालि गलौच तथा भ्रमात्मक खबर सम्प्रेषण गरेको भन्दैँ गाँउपालिकाले कारवाहिको माग गरेको हो ।

शुक्रबार गाँयपालिकले प्रेस विज्ञप्ती जारि गर्दैँ दोसिलाई कारवाहीको माग गरेको छ ।

गाँउपालिका अध्यक्षका अध्यक्ष गोरख बहादुर चन्दद्धारा हस्ताक्षरति विज्ञप्तीमा ‘गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि तथा कर्मचारी विरुद्ध कपोलकल्पीत, झुटा आरोप लगाई स्टाटस पोष्ट गरेको साथै जनतामा भ्रमात्मक सुचना’ प्रकासित गरेको भन्दै गाँउपालिकाले ध्यानार्कषण भएको जनाएको छ ।

‘पञ्चेश्वर गाँउपालिकाको बेथिति विरुद्ध’ र ‘पञ्चेश्वर गाँउपालिका’ नामक फेसबुक आईडीबाट गलत अपवाह फैलाउने काम गरिएकोले उक्त आईडी प्रयोगकर्ताको खोजी गरि कारवाहि गरिनु पर्ने गाँउपालिकाको माग छ ।

साथै उक्त फेसबुक आईडीमा पोष्ट हुने गलत सुचनाले सामाजिक सद्भाव, शान्ति सुव्यवस्थामा खलल पुगेको गाँउपालिकाको ठहर छ ।

गाँउपालिकाले कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बैतडी, जिल्ला प्रहरी कार्यालय बैतडी र ईलाक प्रहरी चौकी आम्चौरालाई आग्रह गरेको छ ।

सम्वन्धित समाचार
Comments
Loading...