निवर्तमान सभामुख महराले फिर्ता गरे सुरक्षाकर्मी र गाडी

१६ असोज

काठमाडौं संसद् सचिवालयकी महिला कर्मचारीलाई बलात्कार गरेको अभियोगमा मुछिएका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् ।

महराले नेपाली सेना र नेपाल प्रहरीको टोली फिर्ता गरेका छन् भने आफू चढ्ने सरकारी गाडी पनि फिर्ता गरेका छन् ।

आफ्नो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनेर नैतिकताका आधारमा गत मंगलार महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

महरासँग अहिले दुईजना पीएसओ मात्र बाँकी छन्। बसोबासका लागि नयाँ घर पाउनेबित्तिकै महराले सरकारी निवास बालुवाटार पनि छोड्ने उनका प्रेस विज्ञ डिल्ली मल्लले जानकारी दिए ।

सम्वन्धित समाचार
Comments
Loading...