धार्मीक पर्यटकीय क्षेत्र लिङ्गा पुगे सामान्य प्रशासन मन्त्री पण्डित

भ्रमण वर्ष सफल पार्न सबैलाई अपील

महेन्द्रनगर १५ अशोज ।

नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कञ्चनपुरको वेदकोट नगरपालिकास्थित शिव लिङ्गेश्वर धामको अवलोकन गरेका छन् ।
वेदकोट नगरपालिकाको निमन्त्रणामा बुधबार बिहान मन्त्री पण्डितले उक्त धार्मिक पर्यटकीय क्षेत्रको अवलोकन गरेका हुन् ।


मन्त्री पण्डितसँगै प्रतिनिधि सभा सदस्य नारदमुनी राना लगायत स्थानीय जनप्रतिनिधिको टोलीले लिङ्गाको भ्रमण गरे ।

वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले नेपाल भ्रमण वर्ष २०२० को लक्षीत गरि मन्त्री पण्डितलाई भ्रमणको निम्ता गरिएको बताए ।

शिव लिङ्गेश्वर धामको अवलोकन भ्रमणका क्रममा मन्त्री पण्डितले आफ्नो मन्त्रालयबाट गर्न सकिने सहयोग र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक बजेटका लागि सम्बन्धित मन्त्रालयसँग पहल गर्ने प्रतिवद्धता जनाए ।

साथै नेपाल भ्रमण वर्ष २०२० का लागि आवश्यक तयारी गर्न समेत स्थानीय जनप्रतिनिधि र कर्मचारीहरुलाई उनले निर्देशन दिएका छन् ।

नगर प्रमुख अशोक कुमार चन्दले नगरका पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै पुर्वाधार निर्माणमा जोड दिईएको बताए ।

वेदकोट नगरपालिकाले यसअघि नै नगरका पर्यटकीय क्षेत्र लिङ्गा, वेदकोट ताल लगायतका पर्यटकीय क्षेत्रमा उपराष्ट्रपति नन्द बहादृुर पुनसहित नेपाल सरकारका उच्च पदस्थ व्यत्तित्वलाई भ्रमण गराई सकेको छ ।


भ्रमणका क्रममा नगरपालिकाकाले मन्त्री पण्डितलाई मायाको चिनो स्वरुप शिव लिङ्गेश्वर धाममा मिश्रित माटोको डल्लो र विजय सालको भाँडो प्रदान गरेको छ ।

सम्वन्धित समाचार
Comments
Loading...