कञ्चनपुरमा ११ करोड महशुल संकलन भएन्, प्राधिकरणद्धारा लाईन काट्न कञ्जुस्याँई

महेन्द्रनगर १७ असोज ।

कञ्चनपुरमा ११ करोड बढी विद्युत महशुल उठाउन बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र अन्र्तगत गत आर्थिक वर्षसम्ममा ११ करोड १२ लाख ३३ हजार विद्युत महशुल बक्यौता रहेको छ । महेन्द्रनगर वितरण केन्द्रका लेखा अधिकृत बुद्ध रेग्मीले २०६४ साल यताको महशुल बक्यौता रहेको बताए ।

उनका अनुसार सबै भन्दा बढी सडक बत्तिको ६ करोड ६२ लाख महशुल उठाउन बाँकी छ भने उद्योगधन्दाको २ करोड महशुल बक्यौता छ ।

त्यस्तै निजि घरधुरीको ४५ लाख २८ हजार, व्यापारिक फर्मको ३३ लाख ६६ हजार, सिचाँईको २१ लाख, खानेपानि संस्थानको ६ लाख १४ हजार, मठ मन्दीरको ३ लाख ८६ हजार र अस्थायी परियोजनका लागि लिईएको ३ लाख ३३ हजार विद्युत महशुल उठाउन बाँकी रहेको महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ ।

विद्युत महशुल नबुझाउनेमा जिल्लाका सरकारी कार्यालय पनि अगाडी देखिएका छन् । कञ्चनपुर स्थित विभिन्न सरकारी कार्यालयलको ९० लाख १५ हजार विद्युत महुशल बुझाउन बाँकी छ ।

विद्युत लाईन काटिएन्

नेपाल विद्युत प्राधिकरणले ३ महिनासम्ममा विद्युत महशुल नबुझाउने सेवाग्राहीको लाईने काट्ने निति भएपनि महेन्द्रनगर विगरण केन्द्र भने त्यसमा चुकेको छ ।

लेखा अधिकृत रेग्मीका अनुसार गत आर्थिक वर्षमा महशुल बक्यौता रहेका ५ सय घरदुरीको लाईन काटिए पनि सरकारी तथा ठुला व्यापारिक प्रतिष्ठानको भने लाईन काटिएको छैन् ।

साथै महशुल बुझाउन सेवाग्राहलिाई बेलाबेलामा ताकेता गरेपनि बुझाउन नमानेको उनको दावि छ । बक्यौता संकलनका लागि लाईन काट्नु नै अन्तिम विकल्प भएको बताउँदै लेखा अधिकृत रेग्मीले ‘अहिले चाँडपर्वको बेला भएकाले व्यवहारिक रुपमा पनि लाईन काट्न मिल्दैन्, चाँडपर्वपछि महशुल बक्यौता रहेका सेवाग्राहीको लाईन काटिन्छ’ भने ।

त्यस्तै सडक बक्तिको महशुल भने केन्द्र स्तरबाट मिलान गर्ने तयारी भईरहेको छ । ‘विभागबाट जिल्लाका सबै स्थानीय तहको सकड बक्तिको बक्यौता महशुलको तथ्याङ्क मागिएको छ, २०६४ सालको जस्तै हालसम्मको सडक बक्तिको महशुल मिलान हुने सम्भावना छ’ लेखा अधिकृत रेग्मीले भने । कञ्चनपुरमा महेन्द्रनगर, झलारी र बेलौरी वितरण केन्द्रबाट जिल्लामा विद्युत आपुर्ती हुदैँ आएको छ ।

विद्युत चुहावट घट्यो

कञ्चनपुरमा अघिल्लो आर्थिक वर्षको तुलानामा गत आवमा विद्युत चुहावट घटेको पाईएको छ । आर्थिक वर्ष ०७४÷७५ मा २४ प्रतिशत रहेको विद्युत चुहावट आव २०७५÷७६ मा ६ प्रतिशतले घटेको छ ।
नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका ईन्जिनियर पवन भट्टले गत आवमा १८ प्रतिशत विद्युत चुहावट भएको बताए ।

उनका अनुसार गत आवमा ७ करोड ६४ लाख ९३ हजार ८ सय ३९ मेघावट विद्युत खरिद गरिएकोमा ७ करोड २२ लाख ३० हजार ५ सय २६ मेघावट विद्युत बिक्री भएको छ ।

उनले विद्युत चोरीलाई नियन्त्रण गदैँ लगिएको र लाईन सफाईको काम निरन्तर रुपमा भईरहेकाले विद्युत चुहावट घट्दैँ गएको बताए ।
साथै हालको विद्युत चुहावट लाईनको प्राविधिक समस्याका कारण भईरहेको उनको दावि छ ।

सम्वन्धित समाचार
Comments
Loading...