अन्तर्राष्ट्रिय टी-ट्वान्टीमा नेपालका करण केसीको करियरकै उत्कृष्ट प्रदर्शन

तिब्र गतिका बलर करण केसी नेपालको लागि अन्तर्राष्ट्रिय टी-ट्वान्टीमा उत्कृष्ठ बलिङ प्रदर्शन गर्ने खेलाडीको सुचिमा दोश्रो नम्बरमा छन। आज भएको खेलमा करण ले नेदरल्याण्ड बिरुद्ध ३.३ ओवरमा १७ रन खर्च गरेर चार विकेट लिएका थिए ।

करणको बलिङ नेपालको लागि अन्तर्राष्ट्रिय टी-ट्वान्टीमा दोश्रो उत्कृष्ट बलिङ् प्रदर्शन हो। यो भन्दा पहिले बसन्त रेग्मीले २०१५ मा हंगकंग बिरुद्ध १६ रन खर्चेर ४ विकेट लिएका थिए।
करण केसी नेपालको लागि टी-२० को एकै सीरिज मा र दुइ पटक चार विकेट प्राप्त गर्ने पहिलो नेपाली बलर बनेका छन।

नेपालका लागि अन्तर्राष्ट्रिय टी-ट्वान्टीमा यस अघि बसन्त रेग्मी, सन्दिप लामिछाने र अविनाश बोहरा एक पटक ४ विकेट लिन सकेका छन्।
यस वर्ष अन्तर्राष्ट्रिय टी-ट्वान्टीमा सन्दिप लामिछानेले कुल २५ विकेट र करन केसीले २४ विकेट लिईसकेका छन्।

यी दुइ नेपाली खेलाडी अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा एक वर्षमा सबैभन्दा धेरै विकेट लिने किर्तिमान को नजिक छन। यस कृतिमान को लागि सन्दिप ६ विकेट तथा करन ७ विकेटले टाढा छन्।

अहिले उक्त कृतिमान अस्ट्रेलियाका बलर एन्ड्रु टाई को नाममा छ , उनले सन् २०१८ मा १९ खेलमा ३१ विकेट लिंदै एकै वर्ष धेरै विकेट लिने किर्तिमान बनाएका थिए। यस्तै सोहि बर्ष पाकिस्तान बलर शदाब खानले १९ खेलमा २८ विकेट लिंदै दोश्रो तथा भारतीय बलर जसप्रित बुम्राह ले २०१६ मा २१ खेलमा २८ विकेटनै लिंदै तेश्रो स्थानमा रहेका छन्। सन् २०१० मा २७ विकेट लिएका अस्ट्रेलियन बलर डर्क नानेस चौथो स्थान मा छन र सन्दिप लामिछाने यस सुचिमा पाँचौ स्थानमा रहेका छन्। यस सुचिमा करण केसी नऔ स्थान मा छन।

सम्वन्धित समाचार
Comments
Loading...