अझेलमा पन्चेश्वरको गणमेश्वर

नरेश तिवारी

बैतडी ३ कार्तिक ।

बैतडी जिल्लाको तल्लो स्वराडस्थीत पन्चेश्वर गाउँपालिका–४ आमचौरा बन्नामा अवस्थीत गणमेश्वर, गडवालिङ्ग, गणाधेश्वर देवताको मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।
विभिन्न पर्वका समयमा पुजा गरिने बैतडी जिल्लाकै प्रसिद्द धार्मिक स्थल पन्चेश्वर गाउँपालिकाको वार्ड न ४ आमचौरा बन्नामा अवस्थीत गणमेश्वर गड्वालिङ्ग भनेर चिनिने मन्दिर प्रचारप्रसारको कमीले गर्दा ओझेलमा पर्दै गएको छ ।

ठुलो धार्मीक आस्था रहेको उक्त मन्दीर संरक्षण एवं्म प्रचार–प्रसारको अभावमा ओझेलमा परेको स्थानीयको भनाई छ । परापर्वकालमा राजा उदयदेवको समयभन्दा करिब पाँच सय वर्ष अगाडी यो ठाउमा जङगलै जङगल थियो । त्यहि समयमा यो स्वराड क्षेत्रमा मानिस बसोबास गरिएको विश्वास छ ।

सोहि समयमा यस क्षेत्रमा भारतको राजस्थानबाट यस क्षेत्रमा विभिन्न समुदायका तथा जातजातीको बसोकास रहेका बेला भगवान शिव ज्योतिरलिङ्गको रुपमा गण्मेश्वर देवताको साक्षत भएको विश्वास रहिआएको छ ।

जुन देवतालको रुपमा यहाबाट दुई कोष टाढा महाकाली नदिको किनारमा देवताल धाम प्रसिद्द छ।अर्को कुरा गण्मेश्वर मन्दिरको गर्व गृहबाट देवताल सम्म गुफा रहेको छ। यस देउताको मुख्य बान देउगड्या हो।यस मन्दिरमा पुजा गर्नको निम्ती धेरै टाढाबाट भक्तजनहरु आउने गर्दछन ।

भारतको पिथौरागढ,चम्पावत,कुमाउ,गड्वाल उधमसिंह नगरलगायत का ठाँउ तथा बसाई सरेर अन्यत्रै गएका स्थानीय पनि पुजाका लागि यहाँ आउने गरेका छन् ।

यस मन्दिरमा कार्तिक महिनाको बैकुण्ड चतुर्दशी र पुर्णीमाका दिन ठुलो मेला लाग्ने गर्दछ । जसलाई बन्ना गण्मेश्वर जात भनेर भन्ने गरिन्छ । साथै चैते नवरात्रीमा र असौजनवरात्रीमा पनी सप्तमी सम्म यो मन्दिरमा विशेस प्रकारको पुजा गरिन्छ ।

गणमेश्वरमा असाढ महिनामा असाढे जात भनेर देवता पुजा गरिन्छ । प्रत्येक शक्रान्ती र पुर्णीमाका दिन मन्दिरमा मन्दिरका कर्मचारीहरु द्वारा पुजाआजा गर्ने गरीन्छ ।

सम्वन्धित समाचार
Comments
Loading...